आजको परिवेशमा विदेशमा गुणस्तरीय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि जापान प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। उत्कृष्ट शैक्षिक स्तर, सुरक्षित र अनुशासित समाज, अत्याधुनिक प्रविधिमा अग्रणी राष्ट्र तथा अध्ययनसँगै कानुनी रूपमा काम गर्ने अवसरले गर्दा जापान विद्यार्थीहरूका लागि थप आकर्षक बन्न पुगेको हो।
जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले नेपालमै कम्तीमा ६ महिना जापानी भाषा अध्ययन गर्नु अनिवार्य छ। यसले जापानको भाषा, संस्कृति, र जीवनशैलीसँग घुलमिल हुन सहज बनाउँछ। साथै, जापानी सरकारको कानुनअनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २८ घण्टासम्म काम गर्न दिने सुविधा उपलब्ध हुन्छ, जसले ट्युशन फीदेखि दैनिक खर्चसम्म व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।
यद्यपि, जापानतर्फको शैक्षिक यात्रा सुरु गर्नु अघि सही मार्गदर्शन, अनुभवी संस्था र यथार्थ जानकारी अत्यन्त जरुरी हुन्छ। सोचविचार, तयारी र सतर्कताका साथ जापान पुगेका विद्यार्थीहरूले केवल शिक्षा मात्र होइन, बहुमूल्य जीवन अनुभव समेत प्राप्त गर्न सक्छन्।
जापानमा अध्ययन गर्न चाहने विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
१. जापानी भाषा अध्ययन अनिवार्य
विद्यार्थी भिसामा जापान जानु पूर्व कम्तिमा६ महिना जापानी भाषा अध्ययन गर्नुअनिवार्य हुन्छ। यसले त्यहाँको वातावरणमासहज घुलमिल हुन सहयोग गर्छ।
२. विश्वसनीय परामर्शदाता छनोट गर्नुहोस्
शैक्षिक परामर्शदातासँग भेटेर जापानको विद्यालय, वातावरण, भिसा प्रक्रिया आदिबारेजानकारी लिन आवश्यक छ।त्यसैले भरपर्दो र अनुभवी परामर्शदाताछनोट गर्नुहोस्।
३. सरकारी मान्यता प्राप्त परामर्श संस्था रोज्नुहोस्
नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भएको, धेरै विद्यालय तथाविश्वविद्यालयहरूसँग समन्वयमा रहेका, स्वयं जापानमा अध्ययन गरी अनुभव प्राप्तपरामर्शदाताले सञ्चालन गरेको संस्था छनोट गर्नुहोस् — जस्तै चितवनका लागि हानामी इन्टरनेशनल एजुकेशनल हानामी इन्टरनेशनल एजुकेशनल प्रालि, बिरेन्द्र क्याम्पस चोक, भरतपुर
४. अनुभवी शिक्षकबाट भाषा सिक्नुहोस्
नेपालमै जापानी भाषा सिक्दा जापानमापढेर फर्किएका अनुभवी शिक्षकहरूसँग भाषा अध्ययन गर्नुहोस्।यस क्रममा जापानको संस्कृति, जीवनशैली र चालचलन पनिबुझ्न सकिन्छ।
५. विद्यालय छनोट गर्दा वेबसाइट हेर्नुहोस्
जापानको कुन सहरको कुनविद्यालयमा जान लागिएको होभन्ने बारेमा अध्ययन गर्नुहोस्, विद्यालयको आधिकारिक वेबसाइट हेरेर जानकारी लिएर मात्र निर्णयगर्नुहोस्।
६. जापानको जीवनशैलीबारे बुझ्नुपर्छ
त्यहाँको रहनसहन, खर्च, कामका अवसर, आवास सुविधा आदिबारेअग्रीम जानकारी लिनु आवश्यक छ।यसमा पनि अनुभव भएकोपरामर्शदाताले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
७. सिधा सम्पर्क भएको परामर्शदातासँग मात्र आवेदन गर्नुहोस्
जापानका विद्यालय, कलेज, विश्वविद्यालयहरूसँग सिधा सम्पर्क भएकापरामर्शदातामार्फत आवेदन गर्दा प्रक्रिया सहज र सुरक्षितहुन्छ।
८. भाषा परीक्षा (JLPT N5/N4) पास गरेर जानुहोस्
नेपालमै जापानी भाषा परीक्षा (जस्तै JLPT N5 वा N4) पास गरी जानुहोस्।यसले जापानमा भाषा, काम, र पढाइमासजिलो बनाउँछ।
९. सही अपेक्षा र तयारीका साथ जानुहोस्
जापान अध्ययनमा जाँदैमा सबै कुरा सजिलोहुन्छ भन्ने बुझाइ नराखौं। त्यहाँको काम, पढाइ, बसोबासजस्ता पक्षबारे राम्रोसँग बुझेर मात्रै निर्णय गर्नुपर्छ। यसका लागि अनुभवीर पेशेवर संस्थाहरू — हानामी इन्टरनेशनल एजुकेशनल याद गर्न सक्नुहुन्छ। हानामी इन्टरनेशनल एजुकेशनल
Empowering students with expert guidance for academic success. Your trusted partner in achieving educational goals.
Birendra Campus Gate Bharatpur-10, Chitwan
hanamijapaneselanguage@gmail.com
056-493528 | 9855046493 | 9802924800
Copyright © Hanami | All Rights Reserved. Designed by Paradise InfoTech