जापान जाने?? तपाईंको मनपर्ने शहर रोज्नुहोस्

जापान जाने?? तपाईंको मनपर्ने शहर रोज्नुहोस्

Language Gakko (日本語学校) जापान अध्ययनको पहिलो चरण हो जहाँ विद्यार्थीहरूलाई भाषा मात्र होइन, जापानी समाज, संस्कृति, नियम र रोजगारीमा सफल हुन आवश्यक आधार सिकाइन्छ। हानामीले तपाईंको लक्ष्य, बजेट, र रुचिअनुसार जापानका विभिन्न शहरहरूमा रहेका गाक्कुहरूमा सहज र पारदर्शी रूपमा भर्ना प्रक्रिया सम्पन्न गरिदिन्छ।

१. टोक्यो (Tokyo)

टोक्यो जापानको राजधानी र सबैभन्दा ठूलो शहर हो जहाँ दर्जनौं प्रतिष्ठित भाषा स्कूलहरू छन्। यहाँ पढ्न पाइएमा विद्यार्थीहरूले आधुनिक जापानी जीवनशैलीसँग नजिक हुने अवसर पाउँछन्। हानामीले नेपालमै जापानी भाषा तयारी कक्षा दिने, आवेदन प्रक्रिया, क्इए लेखन, भिसा तयारीदेखि लिएर जापानमा बसोबासमा सहयोग पु¥याउँछ। टोक्योमा काम र सांस्कृतिक अनुभवका अवसर अत्यधिक छन्, तर जीवनयापन खर्च तुलनात्मक रूपमा बढी हुन्छ।

 २. ओसाका (Osaka)

ओसाका जापानको दोस्रो ठूलो आर्थिक र सांस्कृतिक केन्द्र हो। यहाँका भाषा स्कूलहरू किफायती र विद्यार्थीमैत्री छन्। नेपाली विद्यार्थीहरूको संख्या धेरै भएकोले सामाजिक समर्थन पनि राम्रो पाइन्छ। हानामीले ओसाकामा आवास व्यवस्था, क्इए लेखन, कागजात तयारी, भिसा प्रक्रिया र जापानमा नयाँ जीवन सुरु गर्न व्यापक सहयोग प्रदान गर्छ। यहाँ होटल, रेस्टुरेन्ट, र खुद्रा पसलहरूमा पार्ट–टाइम कामका धेरै अवसरहरू उपलब्ध छन्।

 ३. क्योटो (Kyoto)

क्योटो जापानको सांस्कृतिक राजधानी हो जहाँ विद्यार्थीहरूले शान्त वातावरणमा भाषा सिक्न सक्छन्। यहाँका भाषा स्कूलहरूले परम्परागत र आधुनिक जापानी संस्कृतिबारे गहिरो अध्ययन गर्ने अवसर दिन्छन्। हानामीले क्इए तयार पार्न, आवेदन प्रक्रिया सरल बनाउन, र जापान पुगेर सांस्कृतिक समायोजनमा पनि सहायता गर्छ। क्योटोमा जीवनयापन खर्च मध्यम स्तरको हुन्छ र यहाँको शान्त वातावरण पढाइका लागि उत्तम मानिन्छ।

 ४. नागोया (Nagoya)

नागोया जापानको औद्योगिक केन्द्र हो जहाँ टेक्निकल, इन्जिनियरिङ र अटोमोबाइल क्षेत्रका विद्यार्थीहरू बढी अध्ययन गर्छन्। ल्बनयथब ग्लष्खभचकष्तथ  नजिकैका भाषा स्कूलहरूले प्राविधिक भाषामा दक्षता बढाउन सहयोग गर्छन्। यहाँ त्त्यथयतब, ःष्तकगदष्कजष् जस्ता विश्वव्यापी कम्पनीहरूका कारण व्यावहारिक अवसरहरू धेरै हुन्छन्।

 ५. फुकुओका (Fukuoka)

फुकुओका दक्षिणी जापानको ठूलो शहर हो, जहाँ सफा, सुरक्षित र किफायती जीवनशैली उपलब्ध छ। प्थगकजग ग्लष्खभचकष्तथ नजिकका भाषा स्कूलहरूले अध्ययन र रोजगारीका लागि राम्रो वातावरण दिन्छन्। हानामीले यहाँको आवेदन, भाषा तयारी कक्षा, प्रस्थानपूर्व तयारी र जापानमा बसोबास सहयोग गर्छ। फुकुओका धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो।

 ६. कोबे (Kobe)

कोबे अन्तर्राष्ट्रिय पोर्ट शहर हो र यहाँ विभिन्न सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरू बस्छन्। यहाँका भाषा स्कूलहरूले अन्तर्राष्ट्रिय वातावरण प्रदान गर्दछन् जसले विद्यार्थीलाई सजिलै जापानी समाजमा घुलमिल हुन मद्दत गर्छ। हानामीले क्इए लेखन, भिसा प्रक्रिया, आवास खोज्न सहयोग र पार्ट–टाइम काममा गाइड गर्दछ। कोबेको सस्तो जीवनशैली र राम्रो मौसम पनि विद्यार्थीलाई आकर्षित गर्छ।

 ७. चिबा (Chiba)

चिबा टोक्यो नजिक रहेको सस्तो र सुरक्षित शहर हो। यहाँका भाषा स्कूलहरूले किफायती ट्युशन र आरामदायी जीवनशैली प्रदान गर्दछन्। विद्यार्थीहरूले टोक्योको रोजगार अवसर पनि सजिलै उपयोग गर्न सक्छन्। हानामीले प्रस्थानपूर्व तयारी, आवेदन, भिसा प्रक्रिया र जापान पुगेर आवास तथा काम सहयोग पु¥याउँछ। चिबामा बस्नाले टोक्योभन्दा कम खर्चमा सुविधा पाउन सकिन्छ।

 ८. हिरोशिमा (Hiroshima)

हिरोशिमा शान्ति र पुनर्निर्माणको प्रतीक शहर हो, जसको वातावरण शैक्षिक र अध्ययनमैत्री छ। यहाँका भाषा स्कूलहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र शान्त वातावरण दिन्छन्। हिरोशिमा जनस्वास्थ्य र सामाजिक सेवामा अध्ययन गर्न इच्छुकहरूको लागि राम्रो विकल्प हो।

 ९. नागासाकी (Nagasaki)

नागासाकी समुद्री जीवनशैली र सांस्कृतिक विविधताले भरिएको शहर हो। यहाँका भाषा स्कूलहरूले विद्यार्थीलाई जापानी संस्कृतिसँग नजिक हुन र गहिरो अनुभव लिन मौका दिन्छन्। नागासाकीमा जीवनयापन तुलनात्मक रूपमा किफायती छ।

 १०. सेनदाइ (Sendai)

सेन्दाइ हरियाली र शान्त वातावरण भएको शहर हो। यहाँका भाषा स्कूलहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र आरामदायी बसोबास प्रदान गर्छन्। हानामीले त्यजयपग ग्लष्खभचकष्तथ नजिकका स्कूलहरूमा भर्ना, आवास र सांस्कृतिक समायोजनमा सहयोग गर्छ। सेनदाइ विद्यार्थीका लागि शान्त र अध्ययनमैत्री शहर हो।

 ११. सप्पोरो (Sapporo)

सप्पोरो हिउँदका लागि प्रसिद्ध पर्यटक स्थल हो। यहाँका भाषा स्कूलहरूले पर्यावरण, पर्यटन र कृषि विषयमा रुचि राख्ने विद्यार्थीहरूलाई राम्रो वातावरण दिन्छन्। सप्पोरोको प्राकृतिक सौन्दर्य र शान्त जीवनशैलीले विद्यार्थीहरूलाई आकर्षित गर्छ।

 १२. ताकामात्सु (Takamatsu)

ताकामात्सु सुगम परिवहन र हरियालीले भरिएको सानो शहर हो जहाँ विद्यार्थीले शान्त वातावरणमा जापानी भाषा सिक्न सक्छन्। यहाँको सानो समुदायले नयाँ विद्यार्थीलाई सजिलै अपनाउन मद्दत गर्छ।

 १३. ओकायामा (Okayama)

ओकायामा फूल र हरियालीको शहर हो जहाँ शैक्षिक वातावरण राम्रो छ। यहाँका भाषा स्कूलहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन्छन्।

 १४. मात्सुमोटो (Matsumoto)

मात्सुमोटो पहाडी वातावरण भएको शहर हो जसले शान्त र प्राकृतिक वातावरणमा अध्ययन गर्ने अवसर दिन्छ। हानामीले विद्यार्थीलाई आवेदनदेखि भिसा, आवास व्यवस्था र स्थानीय जीवनशैलीमा मिल्न सहयोग पु¥याउँछ।

१५. योकोहामा (Yokohama)

योकोहामा टोक्यो नजिक रहेको अन्तर्राष्ट्रिय शहर हो। यहाँ गुणस्तरीय भाषा स्कूलहरू छन् र रोजगार अवसर पनि प्रशस्त छन्। हानामीले यहाँ आवेदन, क्इए, क्ष्लतभचखष्भध तयारी, भिसा प्रक्रिया र पार्ट–टाइम काम खोज्न सहयोग गर्छ। योकोहामाको सांस्कृतिक विविधता र आधुनिक वातावरण विद्यार्थीलाई आकर्षित गर्छ।

 

हानामीका प्रमुख सेवाहरूः

  • नेपालमै निःशुल्क जापानी भाषा कक्षा 
  • जापानका १५ भन्दा बढी प्रमुख शहरहरूमा अध्ययनको व्यवस्था
  • विश्वविद्यालय र भाषा स्कूलमा भर्ना प्रक्रिया
  • COE -Certificate of Eligibility र भिसा आवेदन सहयोग
  • प्रस्थानपूर्व इचष्भलतबतष्यल र फ्लाइट व्यवस्था
  • जापानमा आवास, बैंक खाता, पार्ट–टाइम काम सहयोग
  • नेपाली विद्यार्थीहरूको नेटवर्क र परामर्श सेवा

हानामी सँग भाषा सिक्नुहोस्, योजना बनाउनुहोस् र जापानमा सफल हुनुहोस्।

आजै सम्पर्क गर्नुहोस ।

हानामी इन्टरनेशनल एजुकेशनल प्रा. लि.

भरतपुर– १०, वीरेन्द्र क्याम्पस गेट, चितवन

फोनः ०५६–४९३५२८, ९८०२९२४८००, ९८५५०४६४९३

शाखा कार्यालयः पर्सा चितवन, काठमाडौंं, हेटौडा, सिमरा

Empowering students with expert guidance for academic success. Your trusted partner in achieving educational goals.

Get In Touch

Proud Member
Proud Member
Approved By
Approved By
Chamber of Commerce Chitwan
Chamber of Commerce Chitwan

Copyright © Hanami | All Rights Reserved. Designed by Paradise InfoTech

https://www.tiktok.com/@hanami.chitwan?is_from_webapp=1&sender_device=pc